बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन बलियो बनाउन पार्टीबीच पुनः एकता आवश्यक रहेको बताएका छन्। अध्यक्ष दाहालले पार्टी विभाजनले माओवादी केन्द्रको मत घटाउने काम मात्र गरेको टिप्पणी गरे।

आइतबार लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, “नेकपा (एमाले) सँगको पार्टी एकतापछि यदि मूल नेतृत्व माओवादी केन्द्रको हुन्थ्यो भने पार्टी विभाजन हुँदैन थियो। समाजवादको यात्रामा हामी अझ प्रभावकारी ढङ्गले अघि बढ्न सक्थ्यौँ, तर मूल नेतृत्व एमालेमा गएकोले पार्टी फुट्न पुगेको हो।”

advertisement

दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्ध सोच–विचार गरेर थालनी गरिएको उल्लेख गर्दै भने, “हामीविरुद्ध फेरि विरोधीहरूले प्रचार गरेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन्। त्यसबाट पार्टी र आन्दोलन कमजोर पर्न नदिन हामी सचेत रहनु पर्छ।”

उहाँले एकतामार्फत कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य पूरा गर्न र समाजवादको मार्गदर्शन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com