काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। उक्त मुद्दाको सुनुवाइ आगामी भदौ १७ गतेका लागि तोकिएको छ।
नागरिक आयुष दाहालले अदालत, न्यायाधीश र सम्पूर्ण न्याय प्रणालीको गरिमा भंग हुने गरी श्रेष्ठले सार्वजनिक टिप्पणी गरेको दाबी गर्दै अवहेलनामा कारबाहीको मागसहित निवेदन दिएका हुन्।
श्रेष्ठले केही दिनअघि सामाजिक सञ्जालमार्फत अदालत धाउनेहरूले घुस दिन वा भनसुन मिलाउन नसके न्याय पाउन कठिन हुने टिप्पणी गरेका थिए। यही अभिव्यक्तिलाई लिएर उनीमाथि अवहेलना मुद्दा दर्ता भएको हो।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया