काठमाडौँ । डा.अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा ल्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य हुने समितिमा राष्ट्रियसभाबाट डा. शाक्यलाई ल्याइएको हो ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले डा. शाक्यलाई संसदीय सुनुवाइ समितिमा लैजाने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

advertisement

१५ सदस्य हुने समितिमा १४ सदस्य थिए । डा.शाक्यलाई ल्याएपछि समिति १५ सदस्यीय बनेको छ । त्यहाँ प्रतिनिधिसभामा १२ र राष्ट्रियसभाका तीन सदस्य हुन्छन् ।

डा.शाक्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएकी सदस्य हुन् ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com