काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना गरी सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलको पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधार विमोचन कार्यक्रममा उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन वडा तहसम्म कार्यालय विस्तार अपरिहार्य रहेको बताए।
हाल पार्टीको गतिविधि मुख्यतः पालिका तहमा सीमित रहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसरी मात्रै राष्ट्रिय नेतृत्वकारी भूमिकामा पुग्न नसकिने स्पष्ट पारे।
उनले भने, “टोल तहसम्मको सशक्त सञ्जाल निर्माण गर्न प्रत्येक वडामा पार्टी कार्यालय आवश्यक छ। यही आधारले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न मद्दत गर्नेछ।”
महासचिव पोखरेलका अनुसार, वडालाई पार्टी गतिविधिको केन्द्र बनाउँदै जनमत तयार पार्ने प्रक्रिया अघि बढाउन सके मात्र मुलुकमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न सकिने छ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया