काठमाडौं। साङ्‌घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ हुने द्विपक्षीय भेटवार्ता दुई घण्टा पछि सरेको छ ।

चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा सोमबार साँझ ६: ४५ देखि ७:१५ सम्मका लागि भेटको समय तय भएको छ। तर एससीओ प्लसको बैठक लम्बिएका कारण भेट गर्ने समय केही पछि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

advertisement

प्रधानमन्त्री ओलीले सोमबास एससीओ बैठकमा सम्बोधन गरेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com