काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।  उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।’

advertisement

किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुसरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको उनको आरोप छ ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com