काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयात हुने सामानमा लगाइएको अतिरिक्त महसुल (ट्यारिफ) हटाउने प्रस्ताव अघि सारेको खुलासा गरेका छन्।

हाल अमेरिकाले भारतबाट आउने सामानमा ५० प्रतिशतसम्म ट्यारिफ लगाएको छ। यसमध्ये २५ प्रतिशत ट्यारिफ भारतले रुसबाट तेल खरिद जारी राखेकै कारण दण्डस्वरूप हालै मात्र कार्यान्वयनमा आएको हो। ट्रम्पले यसलाई ‘पूर्णत: एकतर्फी विपद्’को संज्ञा दिएका छन्।

advertisement

भारतले ट्रम्पको पछिल्लो टिप्पणीप्रति हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। रुसी तेल खरिदको विषयलाई लिएर हालै भारत–अमेरिका सम्बन्धमा वाकयुद्ध तीव्र बनेको छ, जसले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनाएको छ।

यहीबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साङहाई सहकार्य संगठन (एससीओ) को बैठकमा सहभागी हुन चीनको तियान्चिन पुगेका छन्। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

अमेरिकाले भारतमाथि घुमाउरो आरोप लगाउँदै रुसको युक्रेन युद्धमा आर्थिक सहयोग गरिरहेको दाबी गरेको छ। ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले त उक्त युद्धलाई “मोदीको युद्ध” सम्म भनेका थिए।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com