काठमाडाैं । रसुवामा दुई दिनअघि हराएका रसुवाका दुई युवक मृत अवस्थामा फेला परेका छन्।
गोसाइकुण्ड गाउँपालिका–६ ठाडेगाउँका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको शव मंगलबार ताप्लेङजुङ खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीका अनुसार खोलामा आएको बाढीमा परेर उनीहरूको ज्यान गएको अनुमान गरिएको छ।
गत आइतबार सदरमुकामबाट मोटरसाइकलमा घरतर्फ गएका उनीहरू गन्तव्यमा नपुगेपछि परिवारले खोजतलास गरेको थियो। शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भने अहिलेसम्म फेला परेको छैन।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया