काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच मंगलबार बेइजिङमा भेटवार्ता भएको छ।
बेइजिङस्थित देउथाइ स्टेट गेस्ट हाउसमा आयोजित भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली गत शनिबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका थिए।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया