काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ  मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।

चीनले दोस्रो विश्वयुद्धमा विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा आयोजना गरेको भव्य सैन्य परेडमा सीसँगै पुटिन र किमको उपस्थिति देखिएपछि ट्रम्पले यस्तो आरोप लगाएका हुन्। सो कार्यक्रममा अन्य २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी थिए।

advertisement

‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘पुटिन र किमलाई मेरो शुभकामना पुर्‍याइदिनुहोस्, तपाईंहरू अहिले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छौँ।’

साथै, उनले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको योगदान र बलिदान स्मरण गराउँदै अमेरिकी सैनिकहरूको साहस र वीरताको सम्मान गर्न आग्रह गरे। ‘चीनको विजय यात्रामा हजारौँ अमेरिकीहरूले ज्यान गुमाए, आशा छ उनीहरूको बलिदानलाई सम्मानपूर्वक सम्झना गरिनेछ,’ ट्रम्पले टिप्पणी गरेका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com