काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक भोलि (बिहीबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, यसअघि सम्पन्न स्थायी कमिटी बैठकका निर्णयहरूबारे बैठकले समीक्षा गर्नेछ । त्यस्तै, भदौ २१ देखि सुरु हुने भनिएको मध्यपहाडी लोकमार्ग जागरण अभियानको तयारीसमेत बैठकको एजेन्डामा पर्नेछ ।

advertisement

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तन र कार्यशैलीसम्बन्धी बहस पनि हुने बताइएको छ । माओवादी नेतृत्वले यी विषय पदाधिकारी तहमै समाधान गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com