काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा ९५ दिनदेखि सदनमा ध्यानाकर्षण गराउन खोज्दा पनि सरकारले उनीहरूको माग नसुनेको बताएको छ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले समय दिएका रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा पार्टीको माग यथावत रहेको बताए। उनले आरोप लगाए कि प्रकरण उठाउँदा उल्टै उनीहरूमाथि झुटा आरोप लगाइन्छ र सत्ता पक्षले २ मिनेटको बोलाइलाई बंग्याउन घण्टौं समय खर्च गरिरहेको छ।

advertisement

सांसद ढकालले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि दलीयकरणमा परेको छ। ०८४ पछि यस्तो अवस्था कहिल्यै नहोस्।’ उनले राणा शासनको समय सम्झँदै, लोकतन्त्रमा पनि विरोध गर्ने आवाजलाई दबाइँने परम्परा जारी रहेको आरोप लगाए।

उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बहसमा विरोध जनाएका थिए। रास्वपाका सांसद ढकाल र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। सांसद शाहीले पनि निरन्तर उठाइरहेको मागको सुनुवाइ नभएकोमा आपत्ति जनाएका छन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com