काठमाडौं । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गर्दा नेपाल सरकारले त्यसबाट राजस्व उठाउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, “भारतले नेपाली भूमि लिपुलेकबाट व्यापार गरेमा नेपाल सरकारले राजस्व उठाउनु अनिवार्य छ।”
सांसद सुवालले चीनमा राष्ट्रपति सी जिनफिङद्वारा आयोजना गरिएको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटसम्बन्धी विषय पनि उठाएका छन्। उनले प्रश्न गरे कि, “प्रधानमन्त्री मोदीले नेपालसँग गहिरो र विशेष सम्बन्ध भएको बताउनुभएको छ। तर प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय हस्तक्षेपविरुद्ध विरोध किन गर्नुभएन?”
सुवालले यसप्रकारको व्यवहारले नेपाली भूभागमा नाजायज पहुँचको संकेत दिएको टिप्पणी पनि गरेका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया