काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला आह्वान गरेका छन्।
प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै अभियानको सुरुदेखि हालसम्म विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहेका व्यक्तिहरूलाई सहभागी गराएर भेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
उनका अनुसार भेला भदौ २० र २१ गते भक्तपुरमा बिहान १०ः३० बजे सुरु हुनेछ। भेलामा संस्थापक सदस्य, वडा अध्यक्ष, पालिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा सचिव, अञ्चल अध्यक्ष तथा सचिव, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य, सचिवालय सदस्य र सल्लाहकार समिति सदस्यहरूको उपस्थित अनिवार्य गरिएको छ।
हालै तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईं केही समयअघि मात्रै रिहा भएका थिए। रिहाइपछि उनले आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्ने घोषणा समेत गरेका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया