काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा कुरा उठान गर्दा दुखेको नेपालीको मन शान्त भएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीनमा हुनुहुन्छ । छिमेकी मित्रराष्ट्र चीन र भारतबीच केही समय अघि भएको लिपुलेक पासमा व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सम्झौताले दुखेको नेपालीको मनलाई प्रतिनिधित्व गरेर प्रधानमन्त्री ज्यूले चीनमा राष्ट्रपतिसँग नेपालको हित र नेपालको ध्यानाकर्षण गम्भीरता पूर्वक राख्नुभएको छ । साथै गम्भीरतापूर्वक आपत्ति प्रकट गर्नुभएको छ ।’
उनले नेपालको चुच्ने नक्सा लागू गरेको नेपाली जनताको सार्वभौम सम्पन्न यो सदनले प्रधानमन्त्रीको शाहसिक कदमको सम्मान गर्नुपर्ने आसय थापाको थियो । उनले देशभक्तिपूर्ण नेपालीको आवाजलाई प्रधानमन्त्रीज्यूले सही रुपमा उठान गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरे ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया