काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापा बुधबार मध्यरातिदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएका छन्। आइजिपीसँगै अतिरिक्त महानिरीक्षक (एआइजी) सुदिप गिरी र टेकप्रसाद तामाङ पनि एकैपटक अवकाशमा गएका हुन्।

थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमार्फत सेवामा प्रवेश गरेका थिए। २०८१ चैत ४ गते उनलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। त्यही दिन सेवामा प्रवेश गरेका गिरी र तामाङसमेत उमेर हदका कारण अब अवकाशमा पुगेका हुन्।

advertisement

बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा एआइजी चन्द्रकुबेर खापुङले तीनै जनालाई औपचारिक कार्यक्रमका बीच बिदाइ गरेका थिए। यसअघि गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत आइजिपी थापालाई बिदाइ गरेका थिए।

यसैबीच, सरकारले एआइजी चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको ३२औँ आइजिपीमा नियुक्त गर्ने निर्णय गरिसकेको छ। उनी बिहीबारदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

खापुङले पदभार ग्रहण गरेसँगै नेपाल प्रहरीमा चार एआइजी पद रिक्त हुनेछन्। यसअघि भदौ १३ गतेदेखि एआइजी कृष्णहरि शर्मा पनि सेवा अवधि पूरा गरी अवकाशमा गइसकेका थिए।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com