काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका छन्।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष बिदाइ कार्यक्रममा नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले थापालाई सम्मानपूर्वक बिदाइ गरेका हुन्।
आईजीपी खापुङले बुधबार बिदाइ कार्यक्रममा बोल्दै भोलि बिहीबारदेखि नेपाल प्रहरीको ३२औँ महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने घोषणा गरे।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया