काठमाडौँ । हालै गएको एक पहिरोका कारण ठूलो मानविय क्षति ब्यहोरेको सुडानले अन्तर्राष्ट्रिय समूदायलाई सहयोग गर्न आग्रह गरेको छ ।

केहिदिन अघि डार्फरस्थित पश्चिमी क्षेत्रमा गएको इतिहासकै ठूलो पहिरोका कारण १ हजार जनाको मृत्यु भएपछि सुडानले अन्तर्राष्ट्रिय समूदायका लागि सहयोग गर्न आग्रह गरेको हो ।

advertisement

स्थानीय तारासिन नामक गाउँ पहिरोका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सो क्षेत्रमा सक्रिय रहेको विद्रेही समूहले सहयोग गर्न संयुक्त राष्ट्रसंघ र सहायता समूहहलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सो समूहका अनुसार केही दिन अघिको भारी वर्षापछि आएको आएको पहिरोमा परि गाउँ पूर्णरुपमा पहिरोमा पुरिएको छ भने सो गाउँका अधिकाशंको मृत्यु भएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com