काठमाडौं ।  काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गरेको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार अब अनावश्यक आवाज गर्ने गतिविधि रोक लगाइनेछ। विशेष गरी राति लाउडस्पीकर, साउन्डबक्स, डीजे, बाजा र जुस पसलमा ठुलो आवाज निकाल्न निषेध गरिएको छ।

advertisement

प्रहरीले बिहान ५ देखि ७ बजेसम्म पनि ठुलो स्वरमा बोल्ने, मोटरसाइकल वा अन्य सवारीसाधनमा तीव्र हर्न बजाउने काम नगर्न अनुरोध गरेको छ।

त्यस्तै, राति कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा अनावश्यक ठुलो आवाज आउन नदिने र सिँढी प्रयोग गर्दा आवाज कम गर्ने गरी सर्वसाधारणलाई सचेत गराइएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com