काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएका छन् ।

संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भने ।

advertisement

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको उनले स्पष्ट गरे । मन्त्री डा राणाले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व तथा मानव सेवाको उद्देश्यमा समर्पित रहेको उल्लेख गर्दै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री डा राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरे । समारोहमा परराष्ट्रमन्त्री डा राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए । स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन तथा एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com