काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म र ओटीटी सामग्रीहरू क्रमशः निष्क्रिय गर्ने तयारी थालेको छ। यो कदम सर्वोच्च अदालतका आदेश, मन्त्रिपरिषद्को निर्णय र पटकपटक गरिएका सरकारी सूचनाका आधारमा उठाइएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अदालतको आदेश तथा सरकारको निर्णयअनुसार आजै निष्क्रिय गरिने प्लेटफर्महरूको सूचीसहित सूचना सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यस निर्णयसँगै दर्ता नभएका सामाजिक सञ्जाल र डिजिटल सामग्री नेपालभित्र उपयोगका लागि बन्द हुनेछन्।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया