काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट पार्टी विधानसंग सम्बन्धित फरक मत दर्ता गरेका छन्। थापाले आज पार्टी मुख्यालय च्यासलमा पुगेर आफ्नो मत दर्ता गराएको जानकारी दिएका छन्।

थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय, ७० वर्षे उमेर हद, र दुई कार्यकालको व्यवस्था हटाउने विषयमा फरक मत राखेका हुन्।

advertisement

यसअघि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि आफ्ना फरक मत दर्ता गराइसकेका छन्। महासचिव शंकर पोखरेलका अनुसार, आज बस्ने सचिवालय बैठकमा दर्ता भएका फरक मतहरूबारे छलफल हुने छ।

एमालेको विधान महाधिवेशन भोलिबाट सुरु हुँदैछ, जसमा यी फरक मतहरूलाई समेत विचार गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com