काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिका लागि औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्।

पार्टीको सिफारिसअनुसार खतिवडाले उम्मेदवारी दर्ता गरेको कांग्रेस स्रोतले जनाएको छ।

advertisement

यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति थिए। तर, निजामति विधेयकमा भएको विवादित छेडखानीपछि समितिको प्रतिवेदन सार्वजनिक भएलगत्तै उनले राजीनामा दिएका थिए।

खतिवडाको राजीनामापछि सुनुवाइ समितिको सभापति ईश्वरी न्यौपानेले पनि पदत्याग गरेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। त्यसपछि खतिवडालाई सुनुवाइ समितिको सदस्यको जिम्मेवारी दिइएको थियो।

हाल, खतिवडाले पुनः सुनुवाइ समितिको अध्यक्ष पदमा मनोनयन दर्ता गर्दै आफ्नो भूमिका सुदृढ गर्ने तयारी गरेका हुन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com