काठमाडौं । फेसबुक सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता प्रक्रिया अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आवश्यक कागजातको विवरण मागेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत कागजात मागेका थिए।

advertisement

ठाकुरले भने, ‘पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेलमार्फत दर्ताका लागि आवश्यक कागजातको विवरण सोध्नुभयो। हामीले ५ मिनेटभित्रै सबै आवश्यक विवरण इमेलमार्फत उपलब्ध गराएका छौं।’

सरकारले हालै सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमश: रोक लगाउने निर्णय गरेको छ। यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल बन्द गर्न निर्देशन गरिसकेको छ।

यस कदमसँगै नेपालमा सामाजिक सञ्जाल क्षेत्र अहिले संवेदनशील र तरंगित बनेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com