काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कमार्फत सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू प्रयोग गर्न नसकिने जानकारी दिएको छ।
बिहीबार जारी विज्ञप्तिमा कम्पनीले यसबाट उत्पन्न हुने असुविधाप्रति क्षमा मागेको छ।
सरकारले हालसम्म सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा रोक लगाउने निर्णय गरेको छ।
एनसेलका अनुसार, यो कदम सरकारको निर्देशन अनुसार लागू गरिएको हो। यो निर्णयप्रति विभिन्न तहबाट विरोध र आलोचना भइरहेकाले नागरिकहरूले असुविधा महसुस गर्न सक्ने भएको बताइएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया