काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया