काठमाडौँ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय सरकारलाई अझ सशक्त र प्रभावकारी बनाउन संविधान र कानूनले दिएको अधिकारको पूर्ण प्रयोग आवश्यक रहेको बताएकी छन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तक विमोचन कार्यक्रममा उनले संविधान जारी भएदेखि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा स्थानीय तहले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन हुन अझ केही समय लाग्ने पनि स्पष्ट पारिन्।

advertisement

मन्त्री न्यौपानेले भने, “स्थानीय सरकार जनतासँग सेवा प्रवाहमा सबैभन्दा नजिकको तह हो। यसलाई सशक्त बनाउन सङ्घ र प्रदेश सरकारले आवश्यक अधिकार हस्तान्तरण गर्नुपर्छ। स्थानीय तहले सडक विस्तारदेखि खानेपानी व्यवस्थापनसम्मका कार्यहरू गर्दै आएको छ। यद्यपि, सङ्घीयता कार्यान्वयनको पूर्ण चरणमा हामी दोस्रो कार्यकालमै छौँ, त्यसैले सबै समस्याहरू एकैपटक समाधान हुने अवस्था छैन।”

उनले सबै तहका सरकारले आफ्नो अधिकार, कर्तव्य र कार्यक्षेत्रको पालनामा ध्यान दिनुपर्ने भन्दै यही अवस्थामा संविधानको सफल कार्यान्वयन सम्भव हुने बताएका छन्।

मन्त्री न्यौपानेले स्थानीय सरकारलाई सशक्त बनाएर जनतालाई सेवा वितरणमा प्राथमिकता दिने लक्ष्यप्रति सरकार दृढ रहेको पनि जनाइन्।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com