काठमाडौं । सर्वोच्च अदालतमा सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका छन्।
शुक्रबार दायर रिट हाल दर्ताको प्रक्रियामा रहेको छ।
सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप नेपालमा अवरुद्ध गर्न निर्देशन जारी गरेको थियो। यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले केही एपमा आंशिक रूपमा मात्र सेवा उपलब्ध गराएका छन्।
त्रिपाठीले रिटमा उल्लेख गरेका छन् कि नागरिकको अभिव्यक्ति र आवाजलाई बन्द गर्न सरकारले निर्णय गरेको छ। त्यसैले यस निर्णय खारेज गरी सामाजिक सञ्जाल पुर्ववत सञ्चालनमा ल्याउन सर्वोच्चले आदेश दिनुपर्ने माग गरिएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया