काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत–चीन समझदारीबारे आफूले चीनसँग स्पष्ट असहमति राखेको बताएका छन्।
उनी भदौ १४–१८ गतेको चीन भ्रमणमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्तामा यस विषयमा आफ्नो अडान राखेका थिए। प्रधानमन्त्री ओलीले भने, “मेरो असहमति अडियो, भिडियो र कुटनीतिक नोटहरूमा रेकर्ड गरिएको छ।
ओलीका अनुसार राष्ट्रपति सीले यसबारे भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएका थिए। उनले नेपालका सार्वभौमसत्ता र हितमा कुनै सम्झौता नगरी राख्ने कुरामा आफ्नो अडान कायम रहेको पनि बताए।
प्रधानमन्त्रीले सो अवसरमा भने, “मैले सधैं राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको छु। लिपुलेकको विषयमा भारतीय पक्षसँग समाधान खोज्ने पहल गर्नेछु।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया