ललितपुर । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक सीमा विवादमा भारतसँग मिलेर समाधान खोज्ने आफ्नो अडान सार्वजनिक गरेका छन्।

दोस्रो विधान महाधिवेशनको उद्घाटन भाषणमा उनले चीनसँग भएको भेटवार्तामा लिपुलेकमा भारत–चीन बीच भएको व्यापारिक सम्झौताप्रति आफ्नो असहमति प्रकट गरेको जानकारी दिए। प्रधानमन्त्री ओलीका अनुसार शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेटमा उनले स्पष्ट असहमति व्यक्त गरेका थिए।

advertisement

ओलीले भने, “लिपुलेक सम्बन्धमा भारत–चीनले गरेको व्यापारिक सम्झौतामा मैले स्पष्ट असहमति व्यक्त गरेको छु। यसका अडियो र भिडियो रेकर्डहरू उपलब्ध छन्।”

प्रधानमन्त्रीले आगामी भारत भ्रमणका सन्दर्भमा सीमा समाधानमा भारतसँग संवादमार्फत नै अगाडि बढ्ने बताए। उनले भने, “लिपुलेकमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन, तर चीनले भारतसँग व्यापारिक सम्झौता गरेकाले मैले उक्त विषयमा कुरा राखें। राष्ट्रियताप्रति उठाएको कुरा केहीले गलत व्याख्या गरे, तर हाम्रो देशको सीमा समस्या विश्वसामु स्पष्ट देखिनुपर्छ।”

ओलीले पार्टी कार्यकर्तालाई ढुक्क रहने आग्रह गर्दै भने, “हाम्रो नेतृत्व सफलतापूर्वक अघि बढिरहेको छ। नेकपा एमाले अझ सबल र सुदृढ हुनेछ।”

उनका अनुसार राष्ट्रपति सीले नेपालका सार्वभौम अधिकार, सीमा विषयको समाधान कुटनीतिक वार्ता मार्फत गर्ने र भौगोलिक अखण्डतामा सधैं समर्थन रहने आश्वासन दिएका छन्।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com