काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन निकट भविष्यमा पनि कायम रहने बताएका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन जस्तो संवेदनशील विषयका लागि दुई तिहाइ बहुमत मात्र नभई सबै दलको सहमति अपरिहार्य हुनेमा जोड दिए।
देउवाले आसन्न महाधिवेशन तोकिएको समयमा नै सम्पन्न हुने स्पष्ट पार्दै अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको बताए। साथै, संविधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा प्रवेश गर्न रोक नलगाएको प्रस्ट पारे।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार











प्रतिक्रिया