काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँ पुगेको चाँदीको मुल्य आइतबार दुई हजार पाँच सय रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया