काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशलाई आधार नबनाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कठोरता देखाउन नहुने निष्कर्ष निकालेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा विस्तृत छलफल भएको थियो। बैठकपछि नेता बलबहादुर केसीले जानकारी दिँदै भने, ‘सर्वोच्च अदालतले कानुन बनाएर मात्र सामाजिक सञ्जाल सञ्चालन गर्न दिने आदेश दिएको छ। त्यसैले अदालतको परमादेश विपरीत जाने गरी कानुन नबनाइन्जेल सामाजिक सञ्जाल बन्दमा कडाइ नगर्ने निर्णय बैठकले गरेको छ। सरकारको आधिकारिक धारणा पनि बुझ्दै अघि बढ्ने सहमति भएको छ।’

advertisement

त्यसैगरी बैठकले आगामी कात्तिक १७ गते मनाङमा हुने प्रदेशसभा उपनिर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको छ।

गत बिहीबारदेखि सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। तर सर्वोच्च अदालतले यसअघि नै कानुन बनाएर मात्र सामाजिक सञ्जाल नियमन गर्न परमादेश दिएकाले कानुन बिना गरिएको बन्दको कदममाथि चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com