काठमाडौँ । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले प्रतीक्षित “हरेक क्षण, हरेक उत्सवमा महानतालाई प्रेरित गर्नुहोस्” नामक दसैँ–तिहार अभियानको सुरुवात गरेको छ। यस विशेष योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकहरूलाई खुसी दिने लक्ष्य राखेको छ।
अभियान अन्तर्गत ग्राहकहरूले रु. २,०८,२०० सम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सकिने जनाएको छ।
यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:
- टीसीएल साइड-बाइ-साइड रेफ्रिजरेटर को खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
- टीसीएलको कुनै पनि वासिङ मसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
- टीसीएलको एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा
- ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभीको खरिदमा ९ महिनाको नेट टिभीको निःशुल्क सदस्यता
यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ।
टीसीएल विश्वकै अग्रणी उपभोक्ता इलेकट्रोनिक्स ब्राण्ड मध्ये एक हो। स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण टीसीएल विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ।
सीजी इलेकट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो। जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरूलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सीजी इलेकट्रोनिक्स उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।
नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा टीसीएल र सीजी इलेकट्रोनिक्ससँगै नेपाली ग्राहकहरूलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया