काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई जेन–जी पुस्ताको आवाज सुन्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जी युवाहरूले प्रतिवाद प्रदर्शनको घोषणा गरेपछि डा. कोइरालाले सरकारले उनीहरूको माग बेवास्ता गरे पछुताउनु पर्ने चेतावनी दिएका हुन्।
आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भनेका छन्, ‘देशमै बसेर केही गर्न चाहने होनहार ‘जेन–जी’ पुस्ताका युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु एक विचारको भिन्नता हो। उनीहरूको आवाज सुन्ने हिम्मत गरौँ र आफैंलाई परिवर्तन गरौँ, नत्र पछि पछुताउने विकल्प नबच्नेछ।’
सरकारले दर्ता प्रक्रिया पूरा नगरेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जी पुस्ताका युवाहरूले सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्ने आह्वान गरेका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया