काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित रामहरि खतिवडाले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। काठमाडौँस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा भएको समारोहमा सभामुख देवराज घिमिरेले उनलाई शपथ खुवाए। कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीको उपस्थिति थियो।
खतिवडा यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्वमा रहेका थिए। तर, संघीय निजामती सेवा विधेयकसँग सम्बन्धित ‘कुलिङ अफ पिरियड’ विवादमा बनेको विशेष समितिले नैतिक जिम्मेवारी लिने सुझाव दिएपछि उनले राजीनामा दिएका थिए।
त्यसपछि नेपाली कांग्रेसले उनलाई संसदीय सुनुवाइ समितिमा पठाउँदै सभापतिमा चयन गराएको हो।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया