काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन–जेड युवामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
निषेधाज्ञा उल्लंघन गर्दै नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। माइतीघरबाट सुरु भएको जुलुसले प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वर प्रवेश गरेको थियो।
त्यसैगरी तिनकुनेतर्फबाट अघि बढेका प्रदर्शनकारीहरू समेत संसद भवनको मुख्य गेटसम्म पुगेका छन्। माइतीघरतर्फबाट आएको अर्को समूह पनि संसद भवन अगाडि पुगेपछि स्थिति थप तनावग्रस्त बनेको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया