काठमाडौं । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जारी गरेको सूचना अनुसार माइतीघर, नयाँबानेश्वर, तीनकुने र शंखमुल आसपासमा क्षेत्रमा सोमबार दिउसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया