काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम नरोकिने बताएका छन्।

पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियानअन्तर्गत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झन्डै रु ५० अर्ब जति खर्च भइसकेको छ।’

advertisement

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि बालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिंगो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गरे।

अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताए। ‘चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,’ उनले भने, ‘पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ।’

एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा जनतामा निराशा बढेको अध्यक्ष दाहालको आरोप थियो। रासस

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com