काठमाडाैं । संसद् भवनभित्र जेन–जी युवाहरूको प्रवेश भएपछि गृहमन्त्री रमेश लेखक सोमबारको संसदीय समितिको बैठक अधुरै छाडेर बाहिरिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका मन्त्री लेखक आकस्मिक रूपमा बैठक स्थल छाड्दै बाहिरिएका हुन् ।

समितिको नियमित बैठकमा मन्त्रालयसम्बन्धी विषयमा छलफल भइरहेको समयमा संसद् भवन परिसरमा जेन–जी पुस्ताका युवाहरू अप्रत्याशित रूपमा प्रवेश गरेको बताइन्छ ।

advertisement

बैठक कक्षभित्र सूचना पुगेलगत्तै गृहमन्त्री लेखक तत्कालै बाहिर निस्किएका थिए । समितिका अन्य सदस्यहरूले भने बैठकलाई छोटकरीमा समेट्दै अगाडि बढाएका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com