काठमाडौँ  । जेन-जी आन्दोलन हिंसात्मक भएसँगै कर्फ्यु आदेश जारी गरिएको नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ ।

भष्टाचार र नातावादविरूद्ध जेन-जी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन गरिएको हो ।

advertisement

जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ । त्यस्तै राष्ट्रपति निवास शीतल निवास आसपासको महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको हो ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com