काठमाडौं । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जीले गरेको आन्दोलनमा सत्तारुढ दल एमालेले घुसपैठ भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आन्दोलन भित्र विभिन्न राजनीतिक प्रभाव र हावी हुने प्रयास देखिएको छ।

गौतमले भने, ‘जेन–जीको आन्दोलनमा व्यापक रूपमा बाहिरी तत्वले प्रवेश गरेको हुनसक्ने आशङ्का हामीलाई छ। यसलाई राजनीतिकरण गर्ने प्रयास भएको आभास हामीले पाएका छौँ।’

advertisement

सोमबार बानेश्वर क्षेत्रमा आन्दोलन थप उग्र बनेको थियो। केही प्रदर्शनकारीले संसद् भवन भित्र प्रवेश गर्ने र पर्खाल भत्काउने प्रयास गर्दा सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भएको समाचार प्राप्त भएको छ।

स्थानीय प्रशासनले भिड नियन्त्रण गर्न बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको भए पनि केही आन्दोलनकारी भने अझै त्यस क्षेत्रमा रहँदै हिंसात्मक गतिविधि जारी राखेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन थप सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com