काठमाडौं । जेन–जी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका चार जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ।

यसअघि सिभिल अस्पतालमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको थियो भने केही अन्य घाइतेहरूमा गोली लागेको छ। घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ।

advertisement

प्रहरी र सुरक्षा निकायहरूले प्रदर्शन नियन्त्रणमा राख्न बल प्रयोग गर्दा घाइते हुनेहरूको संख्या बढेको बताइएको छ। स्वास्थ्यकर्मीहरूले सबै घाइतेहरूको उपचारमा पूर्ण ध्यान दिन थालेका छन् र घाइतेहरूको अवस्था स्थिर पार्ने प्रयास जारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com