काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारको वैधता समाप्त भएको दाबी गर्दै प्रधानमन्त्रीलाई पदबाट तत्काल हट्न आग्रह गरेकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो नैतिक र राजनीतिक वैधता गुमाइसक्नुभएको छ। अब तपाईंले राजीनामा दिनैपर्छ।’

advertisement

प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेकी छन्। उनले सरकारको कठोर कदमप्रति आक्रोश प्रकट गर्दै भनिन्, ‘नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने— यस्तो अमानवीय सरकार धिक्कारयोग्य छ।’

श्रेष्ठको यो अभिव्यक्तिले जेन–जी आन्दोलनबारे संसद् तथा राजनीतिक वृत्तमा थप चर्को बहस सुरु भएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com