काठमाडाैं ।  भ्रष्टाचार र नातावादिवरूद्ध जेन-जी पुस्ताले सोमबार काठमाडौंमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्दा कम्तीमा १७ जनाको ज्यान गएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ५० जनाकाे अवस्था गम्भीर छ ।

स्थिति जटिल बनेपछि स्थानीय प्रशासनले सोमबार राति १० बजेसम्मका लागि काठमाडौंका माइतीघर, नयाँबानेश्वर, शंखमूल र तिनकुने क्षेत्रमा कर्फ्यू समेत लगाएको छ । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरका क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ ।

advertisement

काठमाडौंसँगै सोमबार जेन-जी पुस्ताले विर्तामोड, दमक, विराटनगर, इटहरी, इनरूवा, धरान, रौतहट, हेटौँडा, नवलपरासी, बुटवल, पोखरा लगायतका सहरहरूमा पनि प्रदर्शन गरेका छन् । तीमध्ये कतिपय सहरमा कर्फ्यू लगाइएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा गरिएको प्रदर्शनमा चरम दमन गरेको प्रहरीले प्रदर्शनकारीहरू लुकेको भन्दै नजिकै रहेको सिभिल अस्पताल क्षेत्रमा अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनमा ग्लोबल नागरिकका फोटोपत्रकार रविन पुन मगरले खिचेका तस्बिरहरु :

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com