काठमाडाैं । भ्रष्टाचार र नातावादकाे विराेधमा जेन–जी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

ट्रमा सेन्टरमा ७ जना, एभरेष्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जनाकाे उपचारको क्रममा मृत्यु भएको हो । एक प्रदर्शनकारीको संसद भवन अगाडि घटनास्थलमै मृत्यु भएको हाे । प्रहरीकाे गोली लागेर घाइते भएका दर्जनाैंको विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ।

advertisement

प्रहरी र सुरक्षा निकायहरूले प्रदर्शन नियन्त्रणमा राख्न अत्यधिक बल प्रयोग गरेका कारण स्थिति भयावह बनेकाे हाे ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com