काठमाडौं । राजधानीको नयाँ बानेश्वर सडक क्षेत्रमा पुनः प्रदर्शनकारी भेला भएका छन्। केही समयअघि सुरक्षा निकायले नियन्त्रणमा लिएको भनिएको क्षेत्रमा फेरि ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थितिले वातावरण तनावग्रस्त बनेको हो।

सोमबार बिहान माइतीघर मण्डलाबाट शान्तिपूर्ण रुपमा सुरु भएको ‘जेन जेड’ को आन्दोलन बानेश्वर पुग्दा हिंसात्मक रुप लिएको थियो। संसद् भवनतर्फ अघि बढेका प्रदर्शनकारीले तोडफोड गर्दै प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।

advertisement

प्रहरीको गोली लागेर हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २०० भन्दा बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दिनभर तनावग्रस्त बनेको बानेश्वर क्षेत्रमा प्रशासनले दिउँसो कर्फ्यु आदेश जारी गरेको थियो। तर आदेशको अवज्ञा गर्दै बेलुकीपख पनि प्रदर्शनकारीले सडकमा नाराबाजी र प्रदर्शनलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com