विराटनगर । सुनसरीको इटहरीमा प्रहरी गोली प्रहार हुँदा दुई युवाले ज्यान गुमाएका छन्। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र सरकारविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार अपराह्न प्रहरीले गोली चलाएको हो।

अस्पताल स्रोतका अनुसार करिब २५ र ३० वर्षका पुरुषको मृत्यु भएको पुष्टि भएको छ। मृतक दुवैजनाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। गोली लागेर गम्भीर घाइते भएका केहीलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। त्यहाँ पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए।

advertisement

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीस्थित इलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएपछि प्रहरीले बल प्रयोग गरेको जानकारी दिए। “मृत्युको औपचारिक पुष्टि प्रक्रिया अझै बाँकी छ,” उनले भने।

यसअघि आन्दोलनकारी युवाले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका थिए। त्यस क्रममा संलग्न भएको आरोपमा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण बनेको हो। पक्राउ परेका युवाहरूको रिहाइ माग गर्दै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि घटनाले हिंसात्मक रूप लिएको बताइएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com