काठमाडौं । नख्खु कारागार प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको भेटघाट स्थगित गरेको पार्टीले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले कारागार प्रशासनले पूर्वनियोजित भेटघाट कार्यक्रम अचानक रोकेको जानकारी दिए। उनले भने, ‘नख्खु कारागार प्रशासनले सभापति लामिछानेसँगको भेटघाट गर्न दिने प्रक्रिया बन्द गरेको छ। त्यसअनुसार निर्धारित भेटघाट स्थगित गरिएको छ।’

advertisement

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने तय भएको छ। सो बैठकअघि सचिवालय सदस्यहरूले सभापति लामिछानेसँग भेटेर परामर्श गर्ने कार्यक्रम रहे पनि भेटघाट रोकिएपछि त्यो सम्भव नभएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com