काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सरकारको असफलता भन्दै तत्काल सरकार विघटनको माग गरेको छ।
सोमबारको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता समाप्त भएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक सहमति र समाधानका लागि सरकार विघटन अपरिहार्य भएको बताएको हो। बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘यस घटनाले सरकारको अस्तित्व र औचित्य समाप्त भएको स्पष्ट भएको छ। अब तत्काल सरकार विघटन गरी मुलुकलाई नयाँ समझदारीतर्फ लैजानुपर्छ।’
राप्रपाले सामाजिक सञ्जाल बन्दविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनलाई घोर आपत्तिजनक भन्दै त्यसले सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक चरित्र उजागर गरेको दाबी गरेको छ। पार्टीले विज्ञप्तिमा भनेको छ, ‘शान्तिपूर्ण आन्दोलनमाथि भएको यो निर्मम दमन नेपाली इतिहासकै क्रुर र दुःखद अध्यायका रूपमा रहनेछ।’
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया